काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं, १८ पुस । जिल्ला अदालत काठमाडौंबाट एक थुनुवा हत्कडीसहित फरार भएका छन् ।

बुधबार अदालतमा ठगी मुद्दामा म्याद थप गर्न ल्याइएका विमल खड्का नाम गरेका व्यक्ति परिसरबाट भागेको प्रहरी स्रोतले जनाएको छ ।

उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ । अर्को एक मुद्दामा मंगलबार कारागारबाट छुटेका खड्कालाई ठगी मुद्दाको अनुसन्धानका लागि पुन नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त महाराजगन्जको जिम्मा लगाइएको थियो ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियाे ।