इलाम–२ मा सुहाङकाे अग्रता कायमै, कटाए १६ हजार मत

काठमाडाैं, १७ वैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६ हजार २१९ मत ल्याएका छन्।

उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३९ हजार ४२५ सदर मत गणना हुँदा सुहाङले ५ हजार ६६२ मतले अग्रता लिएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १० हजार ५५७ मत ल्याएका छन्।

तेस्रो स्थानमा डकेन्द्रसिंह थेगिम छन्। थेगिमले ८ हजार ८२५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ६४५ मत ल्याएका छन्।

१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए । २०७९ को चुनाव यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङले जितेका थिए।