ब्रिक्स सम्मेलनः राष्ट्रपति सी सम्मेलनमा सहभागी हुने
काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर १२–१३ मा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार घोषणा गर्नुभएको छ। गत दुई दशकमा ब्रिक्स उदीयमान बजार र विकासशील देशहरूबीचको सहयोगको प्रमुख मञ्चका रूपमा विकसित भएको छ र विश्व मामिलामा यसको भूमिका निरन्तर विस्तार हुँदै गएको छ । चीन ब्रिक्सको दृढ समर्थक र सक्रिय सहभागीका रूपमा खुलापन, समावेशिता र सवैको जीत र सहयोगको ब्रिक्स भावनालाई निरन्तर पालना गर्दै आएको छ ।
साझेदारहरूसँग मिलेर साझा आकाङ्क्षालाई व्यावहारिक सहयोगमा परिणत गर्दै साझा विकासलाई अगाडि बढाइरहेको छ । आगामी शिखर सम्मेलनमा राष्ट्रपति सीले अन्य नेताहरूसँग ब्रिक्स सहयोगको बृहत्तर उच्च गुणस्तरीय विकासका लागि नयाँ मार्गचित्र तयार पार्ने बिषयमा छलफल गर्नुका साथै सहभागी मुलुकका नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उहाँले ग्लोबल साउथको सामूहिक शक्ति एकत्रित गर्दै गहिरो परिवर्तनको सामना गरिरहेको विश्वलाई स्थिरता र सकारात्मक गति प्रदान गर्न ब्रिक्स सफल हुने विश्वाससहित यो सम्मेलनले सफलता पाउने आयोजकको धारणा रहेको छ।