वनमा आगो लगाउदै हिड्ने दुई जना पक्राउ

रामेछाप, २९ वैशाख । वनमा आगो लगाउदै हिडेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रामेछापकाे कालिका देवी गाईखुरा सामुदायिक वन र ठुलीभिर जंगलमा आगो लगाएकाे आराेपमा दुई जना पक्राउ गरेर सार्वजनिक गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीप सिंहले बताउनुभयाे ।

डिएसपी सिंहका अनुसार वनमा आगो लगाउदै हिड्ने लिखु तामाकोशी गाउँपालिका–३ का २३ वर्षीय शोक महत र सोही वडाका १९ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाले आगलागीको घटनामा आफूहरु संलग्न भएको बयान दिएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय रामेछापमा बुझाई वन ऐन अन्तर्गत अनुसन्धान भइरहेको डिएसपी सिंहले बताउनुभयाे ।