राष्ट्रियता र कलाको महाकुम्भ ‘झण्डा’ कला महोत्सव २०८३, असार ५ देखि बबरमहलमा ३३३ कलाकारका सिर्जना

काठमाडौँ, ६ असार । नेपाली राष्ट्रियता, संस्कृति र मौलिक पहिचानलाई कलाको माध्यमबाट विश्वमाझ चिनाउने उद्देश्यले असार ५ गतेदेखि राजधानीमा ‘झण्डा’ कला महोत्सव २०८३ सुरू भएको छ।

झण्डा’ कला महोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका ख्यातिप्राप्त सिनियर क्याप्टेन विजय लामाले उद्घाटन गर्नुभएकाे हाे ।
नेपाली कलाकारहरूको सिर्जनशील समूह ‘आर्ट बुम’को आयोजनामा बबरमहलस्थित नेपाल कला परिषद्मा असार ६ गतेदेखि ९ गतेसम्म प्रतिष्ठित कलाकार तथा नवप्रतिभाशाली बाल कलाकारका उत्कृष्ट कलाकृतिहरू प्रदर्शनीमा राखिनेछन्।

प्रदर्शनीमा नेपाल र बेलायतका ३३ जना प्रतिष्ठित कलाकार र विद्यालय तहका करिब ३०० जना नवप्रतिभाशाली बाल कलाकारका सिर्जनाहरू अवलाेकन गर्न सकिने छ ।

महोत्सवको औपचारिक उद्घाटन पश्चात चर्चित कलाकार तथा झण्डा कला अभियन्ताहरू तीर्थ मान स्थापित, मार्क स्टीफन्स राफ्टर, रत्न शाक्य, किरण मानन्धर, कृष्ण गोपाल रञ्जित, राजु पिठाकोटे, आर्य राजभण्डारी, मलिका उदास, सञ्जय प्रधान, धर्मराज शाक्य, निरु शाह, रञ्जना लाल, सरला श्रेष्ठ, राखी करण, प्रो. राधेश्याम मुल्मी, वेन उत्तम रवि डंगोल, सजनी श्रेष्ठ, सुष्मा राजभण्डारी, चाँदनी बज्राचार्य, एनबी गुरुङ, हेमा कुमारी दास, सजिता लक्ष्मी श्रेष्ठ, राजेश मानन्धर, उमादेवी श्रेष्ठ, प्रमिला बज्राचार्य, उमेश श्रेष्ठ, जीवनराज राजाेपाध्याय, विनोद कुमार गुप्ता, गेहेन्द्र मान अमात्य, क्याम्प डेन, कीर्ति शाह, हिमानी प्रधान र रेबेका शाक्यलगाएतलाई मायाँकाे चिनाेले सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा सिनियर क्याप्टेन विजय लामाले तेराे मेराे भन्ने आवाज झण्डाले नसुनेकाे भन्दै झण्डा भन्दा मुनी सबै नेपाली रहनुपर्ने बताउनुभयाे ।

त्यस्तै अयाेजक ‘आर्ट बुम’का अध्यक्ष रत्न शाक्यले कला समाजको ऐना भएकाले नयाँ पुस्तामा राष्ट्रप्रेम र सांस्कृतिक चेतना जगाउन यो महोत्सव कोसेढुङ्गा सावित हुने बताउनुभयाे । साथै उहाँले अन्य देशकाे भन्दा पृथक नेपालकाे झण्डा नै कलाकाे प्रमुख आकर्षण रहेकाेले हाम्रो राष्ट्रिय पहिचान र गौरवलाई कलाको माध्यमबाट संसारलाई रङ र रेखामार्फत चिनाउन मद्दत पुगेकाे बताउनुभयाे । उहाँले याे महाेत्सव संसारकै पहिलाे महाेत्सव हुन सक्ने पनि बताउनुभयाे ।

महोत्सवमा असार ६ गते विद्यालय तहका बाल कलाकारहरूको विशेष सहभागिता रहेका छन् भने असार ७ गते खुला कला कार्यशाला आयोजना गरिनेछ साथै ९ गते कार्यक्रम समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *