चाबहिलमा आफ्नै परिवारमा लगाए एक पुरुषले आगो, ५ जना घाइते, दुईकाे अवस्था गम्भिर
काठमाडौं, २३ जेठ । चाबहिलमा एक पुरुषले आफ्नै परिवारमाथि पेट्रोल छर्केर आगो लगाएका छन् ।
मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षीय चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
प्रहरीका अनुसार घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटना लगतै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पताल पुर्याइएकोमा थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा लगिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार गम्भीर घाइते दुई छोरीको आईसीयूमा उपचार भइरहेको छ भने बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ ।