रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बस तामाकोशीकाे लाकुरीडाँडामा दुर्घटना

काठमाडाैं, १४ असार । रामेछापकाे गैरीबाट काठमाडौं आउँदै गरेको बस लिखुतामाकोशी गाउँपालिका-६ बिर्ता लाकुरीडाँडामा दुर्घटना भएकाे छ ।

शुक्रबार बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लाकुरीडाँडामा दुर्घटना भएकाे हाे । बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको हो। गाडीमा १० जना सवार थिए।

घाइतेहरूमा चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका-५ का ४२ वर्षीय दीपक श्रेष्ठ छन्। घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहुनेहरूमा २१ वर्षीया सबिना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता श्रेष्ठ, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंक कुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ छन्।

सडकबाट खसेको बस रूखमा अड्किएको अवस्थामा रहेको इन्स्पेक्टर न्यौपानेले बताए।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल मन्थली लगिएको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *