मुग्लिन–नारायणघाट सडक एकतर्फी, लेदो खसेर सवारी प्रभावित
काठमाडौँ, २ असोज । मुग्लिन–नारायणघाट सडक एकतर्फी भएको छ।
शुक्रबार बिहान साढे ७ बजे उक्त सडकखण्डको १५ किलोमा सडकमाथिबाट लेदो खसेपछि सवारी आवागमन प्रभावित भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालनमा रहेको छ। लेदो हटाएर सडक पूर्णरूपमा सञ्चालनमा आउन एकदेखि डेढ घण्टा लाग्ने कार्यालयले जनाएको छ।
