भन्सार छलेर ल्याइएका १० विद्युतीय स्कुटर नियन्त्रणमा

विद्युतीय स्कुटर

काठमाडौँ, असोज २ । भन्सार छलेर चोरीपैठारी गरी ल्याइएका १० वटा विद्युतीय स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले ती स्कुटर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएका स्कुटरको अनुमानित बजारमूल्य रु ८० लाख रहेको छ । नियन्त्रणमा लिइएका स्कुटर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *