मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, पहिरोको जोखिम यथावत्

चितवन, २ असोज । मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा माथिबाट लेदो सडकमा खस्दा एकतर्फी अवरुद्ध बनेको सडक दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन भरतपुरले लेदो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिएको छ।

सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम यथावत् रहेकाले सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *