पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु, घाइतेहरूकाे मणिपाल उपचार हुँदै
काठमाडाैं, १४ साउन । पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ ।
सोमबार बिहान पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको स्कुल बस दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरूकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।