धापासीकाे शिव मन्दिर हाइटमा भीषण आगलागी

काठमाडौं, ४ पुस । काठमाडौंको धापासी शिव मन्दिर हाइटमा भीषण आगलागी भएको छ ।

टोखा नगरपालिका ६, धापासीका भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको हो ।

आगलागीबाट श्रेष्ठको साढे तीन तलाकाे घर पूर्णरूपमा जलेको छ । आगाे निभाउन काठमाडौं, ललितपुर, भक्तपुरबाट दमकल पुगेकाे थियाे ।

नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।