भक्तपुरमा बुवाछोरा काेठामा मृत अवस्थामा फेला, हत्या भएकाे आशंका

काठमाडाैं, ८ पुस । भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-२ बालकोटमा बुवाछोरा मृत फेला परेका छन्।

सोमबार बिहान बालकोट फिकाधारास्थित एक घरमा बुवाछोरा दुई जना मृत फेला परेको हाे । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार साढे ३ तले पक्की घरको तल्लो तलमा दुई छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेका हुन्।

खोटाङको रूपाकोट मजुवागढी नगरपालिका- १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य काेठमा मृत फेला परेका हुन्। प्रहरीका अनुसार मृतकाे शरिरका विभिन्न भागमा चाेटपटक रहेकाे जनाइएकाे छ । प्रहरीले हत्या भएकाे आशंकामा अनुसन्धान गरिरहेकाे छ ।

दुवै कोठा बाहिरबाट ताला लगाइएकाे अवस्थामा अचेत रहेको स्थानीयले देखेपछि प्रहरीमा खवर भएकाे थियाे ।