एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ, १० पुस । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ । साथै, बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने जनाइएकाे छ ।