सेयर बजार २६ सयमुनि, ५ अर्ब ६७ करोडको काराेबार
काठमाडौं, १६ पुस । नेप्से परिसूचक २६ सय अंक मुनि झरेको छ । साेमबार २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको काराेबार भएकाे छ ।
यसदिन २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । अन्य समूह जम्मा ०.०६ प्रतिशत बढ्यो ।
बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटेकाे छ ।
यसदिन नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत बढेकाे छ भने निफ्राको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढेकाे छ । ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।
सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घटेको छ। । गुहेश्वरी फाइनान्सको ९.३, बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घटेको छ। ।