सहकारी पीडितले गरे माइतीघरमा अर्धनग्न प्रदर्शन

काठमाडौं, १५ वैशाख । सहकारी संस्थामा गरेकाे बचत  रकम फिर्ता नपाएपछि पीडितहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारीका सञ्चालकहरूले बचत रकम अपचलन गरेको भन्दै महिनौंदेखि आन्दोलनरत पीडितहरूले आज कालाे पेटिकाेटमात्र लगाएर अर्धनग्न भइ प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘हाम्रो आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

पीडित बचतकर्ताहरूले सहकारी संस्थाका सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै आएका छन् ।