सुनको मूल्य फेरी बढ्याे तोलामा एक हजार सात सय, कतिमा भयाे काराेबार ?
काठमाडौँ, ८ जेठ । बुधबार बढेकाे सुनकाे मूल्यमा फेरी तोलामा एक हजार सात सय रूपैँया बढेकाे छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हाे । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको सुन रु एक लाख ९१ हजार ५०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । चाँदी ताेलाकाे रु दुई हजार २५ मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।