मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय: प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत
काठमाडौं, ४ असार । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको युरोपेली राष्ट्र स्पेनको भ्रमण स्वीकृत गर्ने लगायत विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री ओलीले यही असार १६ देखि २१ गतेसम्म (६ दिन) स्पेनको औपचारिक भ्रमण गर्नुहुनेछ। बैठकले प्रधानमन्त्रीको नेतृत्वमा भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त अध्यक्ष पदमा उच्च अदालत, पाटनको हेटौँडा इजलासकी न्यायाधीश डा. शान्ता सेढाईलाई तोक्ने निर्णय गरेको छ।
यसका साथै, सुरक्षा निकायसम्बन्धी महत्त्वपूर्ण निर्णय गर्दै सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।
यस्ताे छ निर्णय –