पूर्वप्रधानमन्त्री माधव नेपालको मुद्दा विशेष अदालतको इजलासमा

काठमाडौं, ११ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा बयान दिन विशेष अदालतमा उपस्थित हुनुभएकाे छ ।

अदालत पुग्नुभएका उहाँको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा तोकिएको छ ।

विशेष अदालतका सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको मुद्दामाथि सुनुवाइ हुन लागेको हो ।

नेपालले यसअघि अदालतमा उपस्थित हुनका लागि निवेदन दर्ता गराउनुभएकाे थियाे । बुधबार सुरु भएको बयानलाई छिटोछरितो रूपमा टुंग्याएर बहस सुरु गर्ने तयारी गरिएको छ ।