नेपाल र बङगलादेशबिचको खेलको टिकट मूल्य भिआइपीतर्फ एक हजार र सामान्य प्यारापिटतर्फ पाँच सय

काठमाडौँ, भदौ १६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बङगलादेशबीच हुने दुई खेलको मैत्री शृङ्खलाको तयारी तीब्ररुपमा भइरहेको नजाएको छ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत सो मैत्री शृङ्खला यही भदौ २१ र २६ गते दशरथ रङ्गशालामा हुँदैछ ।

एन्फाले सोमबार पत्रकार सम्मेलन मार्फत् टिकट दर भिआइपी पारापिटतर्फ एक हजार रुपियाँ र सामान्य पारापिटतर्फ पाँच सय रुपियाँ निर्धारण गरिएको जनाएको छ । दुवै खेलका टिकट विक्रीको अधिकारी एन्फाकै स्वामित्वमा रहनेछ । यसअघि, एन्फाले टिकट विक्रीको अधिकारी दोस्रो पक्षलाई दिएको थियो ।

प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एड रिलिजलाई प्रदान गरएको छ । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।

बङ्गलादेशको राष्ट्रिय टोली बुधबार नेपाल आइपुग्नेछ ।