२०औँ एसियाली खेलकुद: महिला भलिबलमा नेपाल पराजित

काठमाडौँ, ३१ भदौ । नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ।

नेपाल आज आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। कोमाकी आइचीमा भएको उक्त खेलमा जापानले नेपाललाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ अङ्कले पराजित गरेको हो।

समूह ‘ए’मा रहेको नेपालले अब दोस्रो खेल बिहीबार इन्डोनेसियाविरुद्ध खेल्नेछ। नेपाली महिला भलिबल टोलीले लगातार दोस्रोपटक एसियाली खेलकुद खेलिरहेको छ। यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला भलिबल टोलीले पहिलोपटक प्रतिस्पर्धा गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *