नेपाली महिला भलिबल टोली आज आयोजक जापानसँग खेल्दै

काठमाडौँ, भदौ ३१ । बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोली आज आयोजक जापानविरुद्ध खेल्दैछ।

नेपाल र जापानबीचको यो प्रतिस्पर्धा अपराह्न ४ बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ।

भलिबलमा जापान नेपालभन्दा तुलनात्मक रूपमा निकै बलियो टोली मानिन्छ। एफआईभीबी विश्व वरियतामा जापान छैटौँ स्थानमा रहेकोमा नेपाल भने ६९औँ स्थानमा छ। यस्तो अवस्थामा पनि आजको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको छ।

एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो लगातार दोस्रोपटकको सहभागिता हो। यसअघि सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *