जेनजी आनदाेलनमा भएकाे घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं, ५ असाेज । सरकारले गत भदौ २३ र २४ गते भएकाे जेनजी आन्दाेलनमा भएकाे घटनाबारे अनुसन्धानका गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आजको मन्त्रीपरिषद वैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अनुसन्धान आयोग बनाएको हो ।

समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।