मेयर बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी
काठमाडाैं, २२ असाेज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध युवराज सफल भनिने युवराज पौडेलले पनि जाहेरी दिएका छन् ।
सफलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
सफलले राजद्रोह गरेको कसुरमा परिसरमा जाहेरी दिइएको हाे । उक्त जाहेरीलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी छ।
यस्तै मंगलबार एमालेनिकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जाहेरी दिएका थिए ।