नेपालले जापानलाई पाँच विकेटले हरायो
काठमाडौँ, २४ असोज । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटमा शुक्रबार लाई पाँच किेटले हराएको छ ।
यस नतिजासँगै नेपाल समूह बी विजेताको रुपमा सुपर सिक्समा प्रवेश गर्यो । नेपालले सुपर सिक्समा दुई अङ्कका साथ खेल्ने भएको छ । जापानले हारेपनि सुपर सिक्समा स्थान बनाइसकेको थियो ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ म भएको खेलमा पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । नेपालले १८ औँ ओभरमा पाँच विकेटको क्षतिमा १३२ रन बनाएर लक्ष्य हासिल गर्यो ।
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले २१ ब्लमा चार छक्का र एक चौकासहित सर्वाधिक ३८ रन बनाए । अर्का प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेलले २१ ब्लमा तीन चौकासहित २१ रनको पालि खेले ।
एक समय कप्तान रोहति पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा फटाफट आउट हुँदा नेपाल समस्यमा थियो । तर दिपेन्द्र सिंह ऐरी र गुलसन झाले नेपालको पालि समहाले । दिपेन्द्र १४ बलमा १४ रन र गुलसनले २० बलमा एक चौका र दुई छक्कासहित २८ रन बनाए । दुवै अविजित रहे ।
जापानका लागिसोमा स्लेटरले दुई तथा रिओ साकुरानो थोमस, साबाओरिस रविचन्द्रन र डेसियन सुजुकी–म्याकेम्बले एक–एक विकेट लिए ।
यसअघि जापानको पालिमा कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । उनको पालमा ४६ बलको पालिमा पाँच चौका र तीन छक्का सामेल थियो । यसैगरी ‘वन डाउन‘ ब्याट्सम्यान इसाम रहमानले २५ बलमा एक चौका र दुई छक्कासहित ३१ रनको पालि खेले । नेपालका लागि गुलसन र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।
ब्याटिङ र बलिङमा केही गल्ती भयो– रोहित
कप्तान रोहितले सुपर सिक्समा दुई अङ्क प्राप्त भएकोले जापानविरुद्धको जित महत्वपूर्ण रहेको बताए । रोहितले जापानको खेलको पनि प्रशंसा गरे । आजको खेलमा ब्याटिङ र बलिङमा केही गल्ती भएको र सुपर सिक्समा ती गल्ती दोहर्याउने नमिल्ने भनाइ राखे ।
जापानविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन गर्ने गुलसन प्लेयर अफ दि म्याच बने ।