जन्मदिनकाे उपलक्षमा सत्प्रयासमा खाना सहयोग

काठमाडाैं, २ मङ्सिर । लायन्स क्लव अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालयकाे जन्मदिनकाे अवसरमा सत्प्रयास वृद्धाश्रम टेकु काठमाडौंमा खाना सहयोग गरेका छन् ।

समाजसेवी हिमालयकाे जन्मदिनको अवसर पारेर सत्प्रयास वृद्धाश्रमका बा, आमाहरूलाई एक छाक खानाकाे
व्यवस्थापन गरिएकाे हाे ।

सत्प्रयास वृद्धाश्रममा आश्रित बा, आमाहरूलाई जन्मदिनमा हुने अन्य खर्च कटाएर खाना सहयोग गरेको हिमालयले बताए ।

खाना कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं ड्रिस्टिक ३२५ एफका डिजी केशर बहादुर भण्डारी
लायन लिडर हरु भुबन नेपाल, राजन थापा ,बसन्त थापा ,गणेश आचार्य लायन्स क्लव अफ काठमाडौं शुभताराका उपाध्यक्ष सुसिला श्रेष्ठ सचिव आदित्य जोशी, दिपक ख्वखालीलगाएतकाे उपस्थिती रहेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *