प्रतिनिधिसभाको बैठक बस्दै, सामुद्रिक जैविक विविधता सम्झौतामाथि छलफल हुने

काठमाडौँ, १ असोज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले “संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिसहित तीन वटा संसदीय समितिको बैठक पनि बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *