एमाले नेता बस्नेतमाथि आक्रमण गर्ने कांग्रेस निकट नेविसंघकाे विद्यार्थी भएकाे पुष्टी

काठमाडौँ, ७ मङ्सिर । नेकपा (एमाले)का पोलिट्व्युरो सदस्य एवं युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेत माथि आक्रमणको प्रयास भएको छ।

सुनसरीमा आयोजना गरिएको युवा संघको कार्यक्रम सहभागी हुन जान लागेका बस्नेतमाथि मोरङको विराटनगर विमानस्थल नजिकै आइतबार बिहान ११ बजेतिर जेनजीका नाममा केही युवाहरुले लुकिछिपी आक्रमणको प्रयास गरेका छन् ।

सार्वजनिक भिडियोमा पनि गाडीमाथि आक्रमण भएको देखिएको छ। आक्रमण प्रयास गर्ने दुई युवालाई प्रहरीले नियन्त्रमा लिएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १ का २५ वर्षीय संजोग गौतम र वडा नम्बर २ का १९ वर्षीय अर्पित कुवँर रहेका छन्।

पक्राउ परेका गौतम नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । उनी संस्थापनइतर समूहका हुन् । अर्पित कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।