नृसिंहधाम दर्शन गरी फर्किएका यात्रु सवार भ्यान दुर्घटना, चालकसहित ७ घाइते

धादिङ, २० जेठ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल नृसिंहधामको दर्शन गरी फर्किएका यात्रु सवार एक मारुती भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारी (टारिबेँसी नजिकै) दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित भ्यानमा सवार सात जना यात्रु घाइते भएका छन्।

दुर्घटनाका घाइतेहरूलाई तत्काल स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा उद्धार गरी थप उपचारका लागि जिल्ला सदरमुकाम धादिङबेँसी र सल्यानटारतर्फ पठाइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *