जिम्बाबेमा मनांगाग्वा राष्ट्रपति निर्वाचित भएको घोषणा
जिम्बाबे । जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपतीय चुनावमा सत्तारूढ दलका नेता एमरसन मनाङ्गाग्वा निर्वाचित भएको औपचारिक घोषणा गरेको छ।
मनाङ्गाग्वाले आधाभन्दा बढी मत पाएपछि उनलाई औपचारिक रूपमा विजयी घोषणा गरिएको हो। तर विपक्षी गठबन्धनले मतपरिणाम स्विकार्न नसकिने बताएको छ।
१० प्रदेशको अन्तिम मत परिणाम घोषणा हुँदा जानु पीएफ पार्टीका मनाङ्गाग्वाले करिब ५० प्रतिशत मत हासिल गरेका छन्।
विपक्षी गठबन्धनका नेल्सन चामिसाले ४४ प्रतिशत मत पाएका छन्।
मतपरिणामप्रति आपत्ती जनाउँदै त्यो गठबन्धनका एक नेताले परिणाम पुष्टि हुन नसक्ने जिकिर गरेका छन्।