ललितपुरमा देखाइयाे ऐतिहासिक भाेटाे, उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको रथयात्रा समापन
ललितपुर, ६ असार । ललितपुरको जावलाखेलमा उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएकाे छ ।
वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ऐतिहासिक भोटो देखाएर जात्रा गरिएकाे हाे ।
मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो भने गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए भने त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए ।
भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।
मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ ।