पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार: ५५ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर हुने

कास्की। २१ मङ्सिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको आरोपमा ५५ जना व्यक्ति र एउटा कम्पनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ।

आइतबार अख्तियारले विशेष अदालतमा यो मुद्दा दायर गर्न लागेको हो।

अख्तियारको दाबी अनुसार, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा आठ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार भएको छ। यस मुद्दामा पूर्वमन्त्री रामशरण महत र पोष्टबहादुर बोगटीसहित पाँच जना मन्त्रीहरूविरुद्ध पनि मुद्दा चलाउने तयारी गरिएको छ।