साफ फुटसलमा नेपालको चुनौती समाप्त
काठमाडौँ, ८ माघ । साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपाल बिहिबार माल्दिभ्ससँग २–१ ले पराजित भएको छ ।
यस नतिजासँगै नेपालको चुनौती समाप्त भएको छ । नेपालले चार खेलमा एक जित, दुई बराबरी र एक हारमा खेलेको छ । माल्दिभ्सको यो लगातार चौथो जित हो । च्याम्पियन बन्न माल्दिभ्सलाई अब मात्र एक अंकको आवश्यकता छ ।
थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा माल्दिभ्सका हम्जा नुसरत र कप्तान मोहम्मद हसन जफरले गोल गरे ।
नेपालका विक्रान्त नरसिंह रानाको गरेको गोल सान्त्वना मात्र बन्यो । नेपालले आफ्नो पाँचौं खेलमा शनिबार बङगलादेशको सामना गर्नेछ ।