आक्रोशित आशिकालाई घिसार्दै लगे रास्वपाकै सांसदले बाहिर
काठमाडौं, १७ जेठ । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भएपछि घिसार्दै बाहिर लगेका छन् ।
उनलाई उनकै पार्टीका सांसदहरुले घिसार्दै बैठक कक्ष बाहिर लगेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।
तामाङ आक्रोशित रुपमा आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि रास्वपाकै सांसदहरु रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठले घिसार्दै बाहिर लगेका छन् ।