सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २१ जेठ । यो साता सेयर बजारको उतारचढाव कायमै रहेको छ । बुधबार सामान्य अंकले बढेको सेयर बजार आज भने १३.४६ अंकले घटेको छ । आज दोहोरो अंकले सेयर बजार घटेपछि २८ सय अंक छुने प्रयासमा ब्रेक लागेको छ । यो कमीपछि नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ ।

६३ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम १ अर्बभन्दा धेरै घटेको छ । अघिल्लो दिन ५ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७० करोडको भयो । सबैजसो समूगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १. ७१ प्रतिशत घट्यो ।