इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ हुन सकेन
काठमाडौँ, १८ असार । प्रतिनिधिसभाको आजको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन । बिहानैदेखि इन्टरनेट बिग्रिँदा संसद बैठक लाइभ हुन नसकेको हो । संसद सचिवालयका अनुसार प्राविधिकहरूको टोली लागिरहे पनि समाधान नभएको हो । चार दिन पछि आज बसेको प्रतिनिधिसभाको बैठक इन्टरनेटको समस्याका कारण लाइभ हुन नसकेको हो ।