ओमानसँगको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट
काठमाडौं, २५ भदाै । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा जम्मा १४७ रनमै अलआउट भयो। टोलीलाई लज्जास्पद स्कोरबाट जोगाउन दीपेन्द्रसिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रनको योगदान पुर्याए, तर बाँकी ब्याट्सम्यानहरू भने खासै चल्न सकेनन्।
ओपनर जोडी देव खनाल (१३) र आसिफ शेख (११) ले सामान्य सुरुआत गराएका थिए। यसपछि ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले ३ रनको योगदान मात्र दिन सके।
ओमानको बलिङतर्फ जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन विकेट र मुहम्मद इमरानले दुई विकेट लिए भने मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट झिके।