आज दिउँसो बस्दै मन्त्रिपरिषद् बैठक, बाढी प्रभावित क्षेत्रको खोज, उद्धार र पुनःस्थापनामा हुनेछ छलफल

काठमाडौं, २५ भदौ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको यस बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर परिचालित रहेका छन्। सोही सन्दर्भमा बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन तथा आवश्यक निर्णय लिनकै लागि प्रधानमन्त्री शाहले यो बैठक बोलाउनुभएको जनाइएको छ।