कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक आज, चार एजेन्डामा हुनेछ छलफल

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक आज बस्दैछ। कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो।

प्रतिपक्षी दल नेता भीष्मराज आङदेम्बेको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान ११ बजे प्रतिपक्षी दलहरूको बैठक बस्ने तय भएको छ।

बैठकमा चार वटा एजेन्डामा छलफल हुनेछ। भोटेकोशी बाढी, सर्वदलीय बैठक र त्यसका निर्णय कार्यान्वयन प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन तथा अन्य समसामयिक घटनाक्रम बैठकका प्रमुख विषय रहेका छन्।

बैठकमा नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी हुने बताइएको छ।

Write a message…