सुन तोलामा एकै दिन ३४०० ले बढ्यो

काठमाडौं, २५ भदौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन बुधबार ३ लाख २ हजार ४०० रुपैयाँ थियो। यसरी एक दिनमै सुनको मूल्य प्रतितोला ३,४०० रुपैयाँले बढेको हो।

यसैगरी चाँदीको मूल्य पनि बढेर आज प्रतितोला ४,८५५ रुपैयाँ पुगेको छ, जुन बुधबार ४,७५० रुपैयाँ कायम थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *