सुनको मूल्य फेरि ३ लाखमुनि झर्यो, एकै दिन ताेलाकाे २ हजार ३०० रुपैयाँले घट्याे
काठमाडौँ, १ असोज । सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ तोकेको छ।
अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो। अघिल्लो दिन ३ लाख १ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ।
