नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ, ३१ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.१९ अङ्कले घटेर दुई हजार ६१२.४२ बिन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७७ अङ्कले घटेर ४६३.६८ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक १.५० अङ्कले घटेर १७९.६३ मा र सेन्सेटिभ फ्लोट सूचक १.३२ अङ्कले घटेर १५६.५८ मा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिदबिक्री भएको छ। सबै उपसमूह नकारात्मक रहेका छन्। ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ। त्यस्तै १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टलगायतका शेयरमा लगानी गर्नेले कमाएका छन् भने एनएमबी हाइब्रिड फन्ड, रिग्वे लाइन इनर्जी, नेपाल वेयरहाउस कम्पनीलगायतमा लगानी गर्नेले गुमाएका छन्।
