२३५ उद्योगी व्यवसायी एमालेमा प्रवेश

 

काठमाडोँ । २३५ जना भन्दा बढी उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश गरेको छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानदेखि गोल्छा अर्गनाइजेशनका हितेश गोल्छा समेतका व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार एवम् पूर्व उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतिलाल दुगडको पहलमा स्थापित व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा किशोर प्रधान,ललित अग्रवाल, सिताराम अग्रवाल, हितोश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तलल, अजय सरावगी, ओमप्रकाश वंशल, नरेन्द्र गुप्ता, जुगलकिशोर धनावत, नर्पतशिंह जैन लगायतका २३५ भन्दा बढी व्यवसायी रहेका छन्।

नवप्रवेशीहरुलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत नेताहरुले स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *