पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक पलेशाले जितिन

काठमाडौं, १४ भाद्र । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन् । पदक आशा गरिएकी पलेशाले तेक्वान्दोको के–४४ अन्तर्गत आज शुक्रबार भएको महिला ५७ केजीमुनि तौल समूहमा भेनेजुएलाकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन् ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा राउन्ड अफ १६ को खेलमा उनले भलेरियालाई ३१–० को अंक अन्तरले पराजित गरिन् ।

टोकियो पारा ओलम्पिक खेलिसकेकी पलेशा हाङचाउ एसियाली खेलकुदकी कांस्य विजेता खेलाडी हुन् । उनले जितेको पदक पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *