उपप्रधानमन्त्री महतोविरुद्ध राजद्रोहको मुद्दा

 

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०९१० अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेस गर्नु भएको हो ।

उपपधानमन्त्री महतोले मन्त्रीको सपथ लगतै विवादास्पद अभिव्यक्ति दिनु भएको थियो । उहाँको बहुल राज्य बनाउने अभिव्यक्तिको सर्वत्र विरोध भएको छ ।