नेपाल पक्षले सर्वोच्चबाट हस्ताक्षर फिर्ता नलिने

 

काठमाडौँ । नेकपा एमालेको नेपाल पक्षले सर्वोच्च अदालतबाट हस्ताक्षर फिर्ता नलिने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिई पार्टी एकताका लागि आह्वान गरे पनि नेपाल पक्षले अस्वीकार गरेको छ । सो कुरा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमाले नेता माधव नेपालले स्पष्ट गर्नुभएको हो ।
ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्चमा दायर रिट निवेदनमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्

देउवाले नेपाललाई पनि छलफलका लागि बोलाएपछि नेपाल पनि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास जानुभएको हो । आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा पनि नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *