रुसी आक्रमणबाट युक्रेनको आणविक शक्ति केन्द्रमा क्षति

एजेन्सी : युक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही स्थानमा भएको आक्रमणका कारण क्षति पुगेको छ ।

रुसी आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्नुपरेको युक्रेनी आणविक केन्द्रले जनाएको छ । आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीररूपमा क्षतिग्रस्त’ बनाएको हो ।

घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्द्रले जनाएको छ ।

जापोरिजझिया यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर मानिन्छ ।

आक्रमणको लागि किभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका गरेका छन् ।

आक्रमणलाई युरोपेली संघले पनि निन्दा गरेको छ ।