एमालेमा विद्यावारिधि गरेका डाक्टर

यी हुन एमालेका विद्यावारिधि उपाधिप्राप्त डाक्टरहरु

bidyabari-yemale

काठमाडौँ । नेकपा (एमाले) मा ३ सय ४९ सदस्यीय केन्द्रीय कमिटी छ । एमालेमा ३२ विभाग छन् भने केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग गरी तीन वटा आयोग छन् । त्यस्तै केन्द्रीय सल्लाहकार परिषद् छ । १९ जनाको पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष र एक महासचिवको व्यवस्था छ भने ६ जना उपाध्यक्ष, तीन उपमहासचिव र ७ जना सचिव छन् । अनुशासन आयोग २५ सदस्यीय छ भने लेखा आयोग ३० सदस्यीय र केन्द्रीय निर्वाचन आयोग १३ सदस्यीय छ ।

पदाधिकारीको सचिवालय रहेको छ । त्यसैगरी महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव र सचिव रहेको केन्द्रीय कार्यालय छ । ४५ सदस्यीय स्थायी कमिटी रहेको छ भने ९९ जनाको पोलिटव्यूरो छ ।

नेपालको सबै भन्दा ठूलो राजनीतिक दलका रुपमा रहेको एमालेमा विद्यावारिधि गरेका डाक्टरको संख्या कति छ ? मैत्रीन्युजका लागि दीपेन्द्र श्रेष्ठले गरेको खोजखाजः
परराष्ट्रमामिला विभाग प्रमुख समेत रहनुभएका राजन भट्टराई एमाले स्थायी कमिटी सदस्य हुुनुहुन्छ । उहाँले ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत÷चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालय, दिल्लीबाट २०६९ सालमा विद्यावारिधि गर्नुभएको छ ।

त्यस्तै विन्दा पाण्डे एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँले सन् २०१७ मा काठमाडौँ विश्वविद्यालयबाट ‘राजनीतिमा महिला सशक्तिकरण’ विषयमा विद्यावारिधी गर्नुभएको छ । पूर्वउपसभामुख र पूर्वमन्त्रीको समेत जिम्मेवारी बहन गरिसक्नुभएकी शिवमाया तुम्बाहाम्फे पनि एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँले त्रिभूवन विश्वविद्यालयबाट ‘नेपालको राजनीतिक आन्दोलनमा महिला’ विषयमा सन् २००३ मा विद्यावारिधि गर्नुभएको छ ।

राजन भट्टराई एमाले स्थायी कमिटी सदस्य हुुनुहुन्छ । उहाँले ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत÷चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालय, दिल्लीबाट २०६९ सालमा विद्यावारिधि गर्नुभएको छ

केन्द्रीय सदस्य अजयक्रान्ति शाक्यले सन् २०१४ मा लुम्बिनी वौद्ध विश्वविद्यालयबाट ‘वौद्धधर्म संस्कृति अध्ययन’ मा विद्यावारिधि गर्नुभएको छ । उहाँ बागमती प्रदेशको पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत हुनुहुन्छ । त्यस्तै अर्का केन्द्रीय सदस्य प्रेम दंगालले त्रिभूवन विश्वविद्यालयबाट सन् २०१३ मा ‘ग्रामीण विकास’ मा विद्यावारिधि गर्नुभएको छ । एमाले नेता भीम रावलले पनि सन् २०२१ म राजनीतिशास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्पराज कँडेलले ‘कर र लगानीको सम्बन्ध’ मा दिल्ली विश्वविद्यालयबाट सन् २००० मा विद्यावरिधि गर्नुभएको छ । उहाँ केन्द्रीय लेखा आयोगको अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्ष रहेको आयोगका सदस्य मस्तबहादुर गरन्जा पनि विद्यावारिधि हुनुहुन्छ । उहाँले १९९९ मा भारतको वनारस हिन्दु विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।

केन्द्रीय सदस्य अजयक्रान्ति शाक्यले सन् २०१४ मा लुम्बिनी वौद्ध विश्वविद्यालयबाट ‘वौद्धधर्म संस्कृति अध्ययन’ मा विद्यावारिधि गर्नुभएको छ । उहाँ बागमती प्रदेशको पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत हुनुहुन्छ

केशव बडाल अध्यक्ष रहेको केन्द्रीय अनुशासन आयोगका सदस्य भरत पहारीले ‘क्वालिटी अफ इञ्जिनियरिङ एजुकेशन इन नेपाल’ विषयमा सन् २००८ मा काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ भने सन् २०१० मा लियोन विश्वविद्यालय फ्रान्सबाट पोष्ट डक्टर गर्नुभएको छ ।

केन्द्रीय निर्वाचन आयोगकाका अध्यक्ष विजय शुव्वा पनि विद्यावारिधि हुनुहुन्छ । उहाँले ‘नेपालको आदिवासी जनजाति आन्दोलन १९९० देखि २०१०’ शीर्षकमा विक्रम संम्बत् ०७० सालमा विद्यावारिधि गर्नुभएको हो । निर्वाचन आयोगका सचिव कुन्साङ लामाले त्रिभूवन विश्वविद्यालयबाट २०७४ सालमा कानुनमा विद्यावारिधि गर्नुभएको छ ।

घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा दुई जना प्राडा हुनुहुन्छ । रामचन्द्र अर्याल र महेश दाहाल । अर्थ तथा योजना विभागका सदस्य रामचन्द्र भट्टराई पनि विद्यावारिधि हुनुहुन्छ । मोतिलाल दुगड प्रमुख रहेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, यज्ञराज सुनुवार प्रमुख रहेको उपभोक्ताहित संरक्षण तथा सुशासन विभाग र गोकर्ण विष्ट प्रमुख रहेको उर्जा, जलस्रोत तथा सिंचाई विभागमा विद्यावारिधि गरेका कोही पनि सदस्य वा सचिव हुनुहुन्न । गिरीधारीलाल न्यौपाने प्रमुख रहेको कृषि तथा पशुपंक्षी विभागमा प्राडा कल्याणी मिश्र, गोकर्ण अर्याल र सुनिता सन्ज्याल हुनुहुन्छ ।

रमेश बडाल प्रमुख रहेको कानुन विभाग, ममता गिरी प्रमुख रहेको केन्द्रीय पुस्तकालय तथा अभिलेखालय विभाग र झपटवहादुर रावल प्रमुख रहेको खानेपानी तथा सरसफाई विभागमा पनि विद्यावारिधिवाला सचिव वा सदस्य हुनुहुन्न । विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागमा योगेश गुरुङ विद्यावारिधि हुनुहुन्छ । त्यस्तै भीमप्रसाद आचार्य प्रमुख रहेको पर्यटन तथा नागरिक उड्ययन विभागमा आलोक प्रसाईँ विद्यावारिधि हुनुहुन्छ ।

राजन भट्टराई प्रमुख रहेको परराष्ट्र मामिला विभागको सचिवमा अञ्जान शाक्य हुनुहुन्छ । उहाँले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा सन् २०११ मा विद्यावारिधि गर्नुभएको छ । उहाँ पूर्व राजदूत पनि हुनुहुन्छ । उक्त विभागका नारद वाग्ले, दीपेन्द्र श्रेष्ठ, निर्मल विक, करण ठगुन्ना र केशव सुवेदी पनि विद्यावारिधि हुनुहुन्छ । दीपेन्द्र श्रेष्ठले भर्खरै मात्रै विद्यावारिधि गर्नुभएको हो । उहाँले सन् २०२१ मा त्रिभुवन विश्वविद्यालय ‘माईक्रो बायोलोजी’ विषयमा विद्याविरिधि गर्नुभएको छ ।

पृथ्वी सुव्वा गुरुङ प्रमुख रहेको प्रचार तथा प्रकाशन विभाग र प्रदीप ज्ञवाली प्रमुख रहेको स्कूल विभागमा पनि सचिव वा सदस्य कोही पनि विद्यावारिधि हुनुहुन्न । मणिचन्द्र थापा प्रमुख रहेको भूमि व्यवस्था विभागमा सीबी श्रुेष्ठ विद्यावारिधि हुनुहुन्छ भने लीलाबहादुर थापा प्रमुख रहेको युवा तथा खेलकुद विभागमा पनि विद्यावारिधि हुनुहुन्न । राष्ट्रिय हित तथा संरक्षण विभागमा जगत बस्ने निलम शेखर अधिकारी र डाक्टर हुनुहुन्छ ।

राजन भट्टराई प्रमुख रहेको परराष्ट्र मामिला विभागको सचिवमा अञ्जान शाक्य हुनुहुन्छ । उहाँले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा सन् २०११ मा विद्यावारिधि गर्नुभएको छ । उहाँ पूर्व राजदूत पनि हुनुहुन्छ । उक्त विभागका नारद वाग्ले, दीपेन्द्र श्रेष्ठ, निर्मल विक, करण ठगुन्ना र केशव सुवेदी पनि विद्यावारिधि हुनुहुन्छ

विषमलाल अधिकारी दनुवार प्रमुख रहेको जनसंख्या तथा वातावरण विभागमा मणिराम बन्जाडे, किरण पौडेल र रामप्रसाद बराल विद्यावारिधि हुनुहुन्छ । विष्णु रिमाल प्रमुख रहेको वित्त तथा कोष व्यवस्थापन विभागका सचिव भीष्म अधिकारी मेडिकल डाक्टर हुनुहुन्छ । उहाँ राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।
रामेश्वर फुँयाल प्रमुख रहेको विपद् व्यवस्थापन तथा स्वयं सेवा विभागमा दीपक अर्याल विद्यावारिधि हुनुहुन्छ । त्यस्तै टंक कार्की प्रमुख रहेको किरण जोशी, आनन्द सिंह, पी ज्ञवाली, पी मिश्र र सुवर्ण पोख्रेल हुनुहुन्छ । पी मिश्र प्राडा हुनुहुन्छ ।

गुरुप्रसाद बराल प्रमुख रहेको शिक्षा तथा मानवस्रोत विभागमा बेदराज जोशी र धु्रव गौतम दुबै जना प्राडा हुनुहुन्छ । डाक्टर विन्दा पाण्डे प्रमुख रहेको श्रम तथा रोजगार विभाग सदस्य ऋषिकेश पन्थी विद्यावारिधी हुनुहुन्छ । उहाँले सन् २०२१ मा त्रिभूवन विश्वविद्यालयबाट जनप्रशासनमा विद्यावारिधि गर्नुभएको छ ।

खगराज अधिकारी प्रमुख रहेको संगठन विभाग र किरण गुरुङ प्रमुख रहेको संघीय मामिला तथा सामान्य प्रशासन विभागमा कोही पनि विद्यावारिधि हुनुहुन्न । शिवमाया तुम्बाहाम्फे प्रमुख रहेको संसदीय विभागका सचिव सूर्र्य पाठक विद्यावारिधि हुनुहुन्छ । पार्वत गुरुङ प्रमुख रहेको सामाजिक सेवा विभागका सचिव नेत्र तिम्सिना, सदस्यहरु पद्मप्रसाद खतिवडा, डम्बर चेम्जोङ, विमला राई र तीर्थ रेग्मी पनि विद्यावारिधि हुनुहुन्छ ।

जुली महतो प्रमुख रहेको सामाजिक सुरक्षा तथा समाज कल्याण विभागमा विद्यावारिधी हुनुहुन्न भने कमल चौलागाईँ प्रमुख रहेको सहकारी तथा गरिवी निवारण विभागमा खगराज शर्मा विद्यावारिधि हुनुहुन्छ । केशव स्थापित प्रमुख रहेको सहरी विकास विभाग, रघुजी पन्त प्रमुख रहेको साहित्य, कला, संस्कृति विभाग र देवेन्द्र दाहाल प्रमुख रहेको स्थानीय विकास विभागमा विद्यावारिधि कोही पनि हुनुहुन्न । योगेश भट्टराई प्रमुख रहेको स्वास्थ्य तथा जनसंख्या विभागमा एक दर्जन बढी डाक्टर हुनुहुन्छ । उहाँहरु अधिकांश मेडिकल डाक्टर हुनुहुन्छ ।