अभिनेता प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौं, २८ कात्तिक । अभिनेता प्रदीप खड्काले डेब्यु अभिनेताको फिल्म अवार्ड जित्नुभएकाे छ ।

आइतबार भारतको आग्रामा सम्पन्न भएकाे ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जित्नुभएकाे छ ।

खड्काले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जित्नुभएकाे हाे ।

प्रदीप र प्रेमगीत ३ का निर्माताहरु अवार्डका लागि भारतको आग्रामा हुनुहुन्छ ।

प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर राम्राे कमाइ गरेको थियो ।