नयाँ शैक्षिक सत्र सुरु : आधा पनि पाठ्यपुस्तक छापिएन

 


काठमाडौँ । नयाँ शैक्षिक सत्र शुरु भइसक्दा यस वर्ष पनि सरकारले छाप्ने पाठ्यपुस्तक सहज रुपमा बजारमा पाउने अवस्था नरहेको सरोकारवालाहरुले बताएका छन्।
पुस्तक छाप्ने सरकारी निकाय जनक शिक्षा सामाग्री केन्द्रले धमाधम पुस्तक छापेर वितरण गरिरहेको बताएको छ।
तर पुस्तक वितरकहरुले भने यही गतिमा पुस्तक छापिए सबै विद्यार्थीको हातमा किताब पुग्न अझै केही महिना लाग्ने जानकारी दिएका छन्।
किताबसँगै स्थानीय तहको चुनावका लागि मतपत्र पनि छाप्नुपरेपछि जनक शिक्षा सामाग्री केन्द्रमा दबाब परिरहेको छ।

पुस्तक विक्रेताहरुका अनुसार पुस्तक छपाइमा गर्ने ढिलाइका कारण हरेक वर्ष आलोचना खेप्दै आएको जनक शिक्षा सामाग्री केन्द्र यस वर्ष पनि आलोचनाबाट मुक्त हुने कुनै सम्भावना देखिदैँन।
केन्द्रले यस वर्षका लागि करिब दुई करोड प्रति पुस्तक छाप्ने लक्ष्य लिएको बताइन्छ।
तर वितरकहरु भन्छन्, नयाँ शैक्षिक सत्र सुरु भइसक्दा केन्द्रले हालसम्म करिब ५० प्रतिशत अर्थात एक करोड प्रति मात्र पुस्तक छापिएको सूचना उनीहरुले पाएका छन् ।

वैशाख ३ गते ।